punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरबाट खेल्न जान्छु भन्दै निस्किएका तीन बालक मृत फेला

Chaupati
safha napa

झापा, साउन ८ । झापाको भद्रपुरमा केही दिनदेखि बेपत्ता भएका तीन जना बालक मृत अवस्थामा भेटिएका छन् ।

भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी मृत फेला परेका हुन् । मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने थप दुई जनाको शव विहीबार भेटिएको हो ।

खोजी तथा उद्दारमा १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले बताए । उनकाअनुसार तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएका थिए ।


८ साउन २०७७, बिहीवार ०७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु