बजारमा १ हजारका नया नोट आउँदै, दृष्टिविहीनलेसमेत पहिचान गर्न सक्ने
काठमाडौं ६ ,साउन । नेपाल राष्ट्र बैंकले भोलि देखि एक हजारको नयाँ नोट बजारमा ल्याउने भएको छ । ती नया नोटलाई दृष्टि विहिनले समेत छामेर पत्ता लगाउन सक्ने छ्न । नोटमा दुई हात्तीको चित्र राखिने भएको छ ।
उक्त नयाँ नोट पुरानै आकार तथा रंगमा रहने छ तर एउटा हात्तीको चित्र भएको ठाउँमा दुईवटा हात्ती रहने जनाइएको छ ।
नोटमा रहने ती दुइटा हात्तीको चित्रमा राम र लक्ष्मण भनि चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको रहने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले भोलि साउन ७ गतेदेखि यी नयाँ नोट चलनचल्तीमा ल्याउने भएको हो । यी नोट ज/६८०००००१ देखि ट/१००९९९९९९ सिरिजका हुनेछन् ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहने छ । नोटको दायाँतर्फ लालीगुराँस र एक हजार दरको नोट जनाउने अंग्रेजी अंकको पानीछाप रहने जनाइएको छ ।
साथै नोटको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले छामेर नोट पहिचान गर्नसक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर राखिने जनाइएको छ ।
६ साउन २०७७, मंगलवार १८:०४ बजे प्रकाशित































