बैंकमा भेटियो बेवारिसे बाल्टिन बम
काठमाडौं, साउन १ । सल्यानको बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंकमा बेवारिसे बम भेटिएको छ । बागचौर बजारस्थित बैंकको शाखा कार्यालयमा बाल्टिन बम भेटिएको प्रहरीले जनाएको छ ।
जनपरिषद् सल्यानको नाममा बैंक कार्यालय बाहिर बम राखेको र बमसँगै टाँसिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेको कुरा उल्लेख छ ।
प्रहरीका अनुसार यसको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । अहिले बैंक आसपासको क्षेत्र सिल गरिएको र जिल्लाबाट बम डिस्पोजल टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।
१ साउन २०७७, बिहीवार ०४:०३ बजे प्रकाशित













