सुनको मूल्यमा फेरि अर्को ‘रेकर्ड’, चाँदीको मूल्य उच्च

धनगढी, असार ३१ । सुनको मूल्यले आज अर्को रेकर्ड कायम गरेको छ । आज सुन तोलामा थप ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो । सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनजस्तै चाँदीको मूल्यले पनि निरन्तर रेकर्ड कायम गर्दै आएको छ । चाँदीको मूल्य पनि पहिलो पटक तोलाको एक हजार माथि पुगेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


३१ असार २०७७, बुधवार ०७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु