punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति देशभित्रै आलोचना

Chaupati
safha napa

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिब्यक्तिले उनको आलोचना भएको छ ।

भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको अभिब्यक्ति दिएपछि सामाजिक संजालमा ओलीको आलोचना भएको हो । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि पौराणिक विषयमा यस्तो बोल्नु ‘बेतुक’ र ‘पदीय मर्यादा विपरित’ भनेर आलोचना भइरहेको छ ।

सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला यस्तो टिप्पणी गर्नु दुई देशको सम्बन्ध थप चिसिने भन्दै चिन्ता समेत ब्यक्त भइरहेका छन् । सामाजिक संजालका नियमित प्रयोगकर्ता, लेखक, पत्रकार, विश्लेषक तथा राजनीतिज्ञहरु मध्ये ओलीको अभिब्यक्तिको समर्थन गर्ने एकदमै थोरै छन् भने बहुसंख्यकले चर्को आलोचना गरेका छन् ।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्। पत्रकार अमित ढकालले पनि ब्यंग्यसहितको ट्वीट गर्दै लेखेका छन–‘श्रीलंका टापू कोशीमा छँदैछ। छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्–‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?’

कांग्रेस नेता अर्जुन नरसिंह केसीले पनि ओलीको अभिब्यक्तिको विरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन– सर्व शास्त्र पारंगत प्रकाण्ड संस्कृत,वैधिक र प्राग भु–इतिहासका ज्ञाता हाम्रा प्रमबाट भारतले नक्कली अयोध्या खडा गरेको शब्दब्रह्म प्रहार भयो।’

पत्रकार अजयबाबु शिवाकोटी र लेखक खगेन्द्र संग्रौलाले पनि ओलीको अभिब्यक्तिलाई चुनौति दिंदै टवीट गरेका छन् ।


३० असार २०७७, मंगलवार ०४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु