सुशीलजङ्गले मनाए विपन्न बालबालिकासंगै जन्मदिन
धनगढी, असार २८ । मोडलिङ्ग क्षेत्रमा उदाउँदै गरेका सुदूरपश्चिमका कलाकार सुशीलजंङ्ग कुँवरले आइतबार आफ्नो जन्मदिन धनगढीस्थित आमाको माया छात्राबासका बालबालिकासंगै मनाएका छन् ।
गरिब तथा विपन्न बालबालिकालाई सहयोग गर्ने उद्देश्यसहित उनले आमाको माया छात्राबासका बालबालिकासंगै जन्मदिन मनाएका हुन् । बालबालिकासंगै केक काटेर जन्मदिन मनाउनुका साथै मोडल कुँवरले उनीहरुलाई कपी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री पनि दिएका छन् ।

विपन्न तथा सहाराविहीन बालबालिकालाई केही राहत होस् भन्ने उद्देश्यले आमाको माया छात्राबासका बालबालिकासंगै जन्मदिन मनाएको बताए । उनले जन्मदिनकै अवसरमा उनीहरुलाई केही सहयोग गर्न पाएकोमा सन्तुष्टि महसुश भएको बताए ।
अछामको साँफेबगर जन्मथलो भई अहिले कैलालीको धनगढीमा बसोबास गर्दै आएका कुँवर अहिले मोडलिङ्ग क्षेत्रमा संघर्षरत छन् ।
२८ असार २०७७, आइतवार १४:१३ बजे प्रकाशित































