सुदूरपश्चिमका नवउदित मोडल सुशीलजङ्ग कुँवरको प्रोफाइल भिडियो (भिडियोसहित)
धनगढी, असार २७ । सुदूरपश्चिमबाट मोडलिङ्ग क्षेत्रमा उदाइरहेका कलाकार सुशीलजङ्ग कुँवरको प्रोफाइल भिडियो तयार भएको छ ।
मोडलिङ्ग हुँदै सिने क्षेत्रलाई आफ्नो लक्ष्य बनाइरहेका कुँवरको प्रोफाइल भिडियो निल अन्ड बाबा स्टुडियोले तयार पारेको हो । दिपेन भट्टको निर्देशनमा बनेको भिडियो धार्मिक पर्यटकीय क्षेत्र गोदावरीमा छायांकन गरिएको हो ।

प्रोफाइल भिडियोले कलाकारको क्षमता पहिचान गराउन मदत गर्छ । प्रोफाइल भिडियोको मिडिया पार्ट्नरमा मोर्निङबेल डट्कम र हेलोपुनर्वास डटकम छन् ।
२७ असार २०७७, शनिवार १८:३८ बजे प्रकाशित































