punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

Chaupati
safha napa

काठमाडौं, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बच्चनले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको उल्लेख गरेका हुन् । उनी आफूलाई कोरोना देखिएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएका छन् ।

उनले लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन उनले आग्रह गरेका छन् ।

अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।


२८ असार २०७७, आइतवार ००:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु