punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डले गरे प्रधानमन्त्रीसँगको छलफल स्थगित

Chaupati
safha napa

काठमाडौं, असार २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफल स्थगित गरेर चितवन पुगेका छन् ।

प्रचण्ड प्रधानमन्त्रीसंगको छलफल स्थगित गरेर बाढीले गरेको असरको निरीक्षण गर्न चितवन पुगेका हुन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका दाहालले पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री केपी ओलीसँगको आजको संवादलाई स्थगित गरेर आफू निरीक्षणमा आएको बताए ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए ।
निरीक्षणका क्रममा उनले नदीनारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।

उनले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि बढाएको बताए । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भइरहेको दाहालले जानकारी दिए। उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाए ।


२७ असार २०७७, शनिवार १२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु