punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजारमा ५० रुपैयाँको नयाँ नोट आउदैछ

Chaupati
safha napa

काठमाडौं- असार २१ ।
नेपाल राष्ट्र बैंकले बजारमा ५० रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको छ ।
साविककै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याउने भएको हो। राष्ट्र बैंकले आगामी सोमबार देखि बजारमा नया नोट पठाउन लागेको छ ।
यस नोटमा पनि ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०, रुपैयाँ पचास तुरुन्त पाइनेछ,’ भन्ने वाक्यांश उल्लेख गरिएको छ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। त्यस्तै दायाँतर्फ लालीगुँरासको पानी छाप छ। नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ। त्यस्तै नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा हिउँ चितुवाको चित्र छ।


२१ असार २०७७, आइतवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु