बझाङ पहिरो : तीन जनाको शव भेटियो

बझाङ, असार २० । बझाङको केदारस्युँ गाउँपालिका ८ मा पहिरोमा परी बेपत्ता भएका सात जनामध्ये तीन जनाको शव भेटिएको छ। एकै घरका तीन जनाको शव भेटिएको हो।

आमा ५० वर्षीया राममती जेठारा, छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको हो। ४ जना अझै बेपत्ता छन्।

पहिरोमा परेका ७ बाख्रा, ३ भैंसी र ३ गाई पनि फेला परेका छन्। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको थियो । बेपत्ताहरुको खोजीका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।


२० असार २०७७, शनिवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु