punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्प पीडितलाई निःशुल्क जग्गा

Chaupati
safha napa

संखुवासभा, असार २० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको छ।

उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। सदरमुकाम खाँदबारीमा हिजो आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरे।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडित खुशी भएका छन्। १३ परिवारलाई एकीकृत बस्तीको रूपमा व्यवस्थापन गरेको छ। प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुलीको पनि उपलब्ध गराउने भएको छ।

पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवीन देवले बताए।


२० असार २०७७, शनिवार ०२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु