सुदूरपश्चिममा आज थप २४१ जनामा कोरोना पुष्टि
धनगढी, असार १७ । सुदूरपश्चिममा आज थप दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा गरि जम्मा २४१ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्पर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या २७ सय नाघेको छ । सुदूरपश्चिममा हालसम्म सात जनाको मृत्यु भएको छ भने चार सय ७९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
१७ असार २०७७, बुधवार १३:०३ बजे प्रकाशित































