ओपिडी सेवा शुरु भएपनि विरामीको संख्या न्युन
धनगढी,जेठ ५ । सुदूरपश्चिमको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अन्य विरामी प्रभावित भएका छन् । सेतीलाई कोरोना विशेष अस्पताल तोकेपछि झण्डै डेढ महिना बन्द रहेको ओपिडी सेवा संञ्चालनमा आएपनि त्रासका कारण अस्पतालमा आउँने संख्या न्युन छ ।
सेती प्रादेशिक अस्पतालले गत मंगलबारदेखि बहिरंग लगायतका अन्य सेवा सञ्चालनमा ल्याए पनि त्रासकै कारण विरामीको भीडभाड छैन् । विगतमा भने सेती प्रादेशीक अस्पतालमा दैनिक साढे ३ देखि चार सय जनाले उपचार सेवा लिने गरेका थिए । कोरोना विशेष अस्पताल तोकिएपछि भने केही समय अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द भएका थिए । अहिले दैनिक सयको हाराहारीमा ओपिडी सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
ओपीडी सेवा सुचारु भएपछि भने दीर्घरोगी तथा नियमित चेकजाँच गर्नैपर्ने विरामीलाई भने सहज भएको छ । तर कोरोना विशेष अस्पताल तोकिएपछि विरामीको चाप घट्दो क्रममा छ । सेवाग्राहीले भने पहिले भन्दा अहिले उपचारमा भने सहज भएको सेवाग्राही प्रकाश बम लेबताएका छन् ।
सेती प्रादेसिक अस्पतालमा ओपीडी सेवा सञ्चालन भएदेखि दैनिक सय बढीले सेवा लिईरहेको अस्पतालले जनाएको छ । भौतिक दुरी कायम गरेर सेवा प्रदान गरेपनि जोखिमकाबीच व्यवस्थापनमा केही जटिलता देखिएको छ । धनगढीमा प्रदेश सरकारको आर्थिक सहयोगमा ५० शैयाको कोरोना अस्पताल निमार्ण भएपनि हस्तान्तरण नभएको अस्पतालले जनाएको छ । निर्माण भएको कोराना अस्पताल हस्तान्तरण भएपछि सेवा प्रभाबमा सहज हुने अस्पतालका सुचना अधिकारी दिलिप श्रेस्ठले बताउका छन् ।
विशेषज्ञ उपचार सेवा भएको सेतीमै कोरोना भाईरसका संक्रमित तथा सम्भावित विरामीको उपचार गरिन थालेपछि अन्य विरामीहरु बरु चर्को शुल्क तिरेरै भएपनि अहिले निजी अस्पताल धाउन थालेका छन् ।
५ जेठ २०७७, सोमवार १५:४८ बजे प्रकाशित































