punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा एक जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

काठमाडौं,जेठ ५ । नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् ।भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा समेत गरेर ३५८ पुगेको छ ।


५ जेठ २०७७, सोमवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु