punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

Chaupati
safha napa

कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ।

सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका–२ का १० वर्षीय हिरु विक, मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षका छोरा धनबहादुर विक बेपत्ता भएको जानकारी दिए।

लकडाउनको समयमा पुलहरु बन्द गरिएपछि लुकिछिपी डुंगा तरेर वारपार गर्ने गरिएको छ।

एसपी पन्तले नदीमा पल्टिएको डुंगाका चालक भने पौडी खेलेर बाँच्न सफल भएको खबर आएको बताए। डुंगामा कति जना सवार थिए भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।


३ जेठ २०७७, शनिवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु