punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्मदै दलितले यति सम्म घृणा र अपमानको भारी बोक्न पर्छ

Chaupati
safha napa

लामो बिदेश बसाई पछी नेपाल प्रति अनन्त माया र सपना बोकि फर्किएकी म रीता परीयार म त्यहि ब्यक्ति बेलायतको राजधानी लन्डन बस्दा केवल म रीता र म एक मानव भएर सम्मानपुर्वक बाँचेको थिए । जब म नेपालमा आउने बित्तिकै म रीता र एक अछुत भए…म मानव त के एक पशु भन्दा पनी तल्लो स्तरको भए किनकी पशुलाई त छुन मिल्छ तर मलाई छुन मिल्दैन किनकी म अछुत हुँ !

बर्षौ पछी फेरी मेरो घाँउ बल्झियो । फेरी त्यही छुवाछुत र जातिय बिभेद? अब त हट्नु पर्छ म मानव भएर बाच्न सक्ने भइसकेको छु अब मेरा समुदायका मान्छे ले पनी सम्मानपुर्बक बाच्न पाउनु पर्छ भन्ने मेरो चाहना थियो ! हुन त राष्ट्रले पटक पटक जातिय बिभेद र छुवाछुत गरीनु हुदैन र गरीएको खण्डमा कड़ा सजाए दिइनेछ भनी संबिधानमा लेखेको छ तै पनी हाम्रो समाजमा जातिय बिभेद र छुवाछुत अझै पनि ज़रा गाड़ेर बसेकोछ ।

लोकतान्त्रिक मुलुकमा सम्मानित जीवन जिउने हक सबैलाई बराबर हुन्छ । कसैमाथि कुनै प्रकारको दुर्व्यवहार गर्नु अपराध हो । जातकै आधारमा गरिने हिंसा त अझ अस्वीकार्य छ । तसर्थ, जातीय भेदभावमुक्त समाजको बाटोमा तगारो थप्ने यस्ता क्रियाकलापको अन्त्य हुनैपर्छ । जन्मँदै अपमानको जिन्दगी जिउनुपर्ने अवस्था जुनसुकै सभ्य समाजका लागि ठूलो कलंक हो ।

जन्मदै यहा एउटा दलित बच्चाले यति सम्म घृणा र अपमानको भारी बोक्नुपर्छ …यदि अमेरिका युरोपमा एक बच्चा माथी एस्तो ब्यबहार हुदो हो त उसलाई बर्षौ सम्म लाग्छ निको (heal) भइ सामान्य अबस्थामा पुग्न भने तपाई कल्पना गर्नुहोस प्रत्येक दलित बालकलाई त्यो ट्रोमा बाट गुज्रिनु पर्छ ।

यी तमामा सोच बोकेर म महाकाली देखी मेचि सम्मको पदयात्रा निस्के । यात्रा कठिन र दुखदायी थियो तर मेरो समुदायले बर्षौ देखि भोगेको पिडाको सामु मेरो पिडा केहि थिएन । यात्रामा मित्र, समाजसेवी र पालीकाहरुको सबैको सहयोग र एक्यबद्दता थियो ।

सबैभन्दा पिधमा पिडित छन दलितहरु। त्यही भएर मुलुक र समाजले अन्य क्षेत्रमा फडको मारेता पनी दलितको समस्या जहांको त्यही छ । सार्वजनिक स्थल ,घर ,मन्दिर ,धारा ,कुवा सबैतिर बिभेद भोग्न विवस बनाइएका छन । हाम्रो समाज अझैपनि धेरै हदसम्म संवेदनशुन्य छ ।

यो यात्रा निरन्तर चलिरहनेछ । जब सम्म सयौ बर्षदेखिको सामाजिक संरचना बिभेद मा आधारित छ जब सम्म संबिधानका अक्षरहरु व्यवहारिक रुपमा पालना हुदैन तबसम्म म जस्ता हजारौ रिताहरु यो बिभेद रहित समाजको परिकल्पनामा पदयात्रा गरीरहने छन ।
(लेखक दलित अधिकार अभियान्त हुन् । )


३१ वैशाख २०७७, बुधवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु