punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको झुलाघाटबाट बझाङ पुगेका एक जनामा आरडिटी पोजेटिभ देखियो

Chaupati
safha napa

बझाङ,बैशाख ३१ । भारतको झुलाघाट बाट बैशाख १८ गते बझाङ पुगेका एक जनामा कोरोना पोजेटिभ दखीएको छ । झुलाघाटबाट घर आएर क्वारेन्टाइनम बस्दै आएका विथ्थडचिर गाँउपालिकाका ३५ बर्षिया एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो ।

आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

आरडीटी टेष्ट किट द्वारा परीक्षण गर्दा संक्रमण भएपनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने कुरा थाहा हुने डाक्टर ओखेडाले बताए ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिए पछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव परिक्षणका धनगढी पठाउने तायरी भै रहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।


३१ वैशाख २०७७, बुधवार ०४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु