सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयले माग्यो १५१ कर्मचारी

कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्ससहित चिकित्सकीय तथा स्वास्थ्य सेवाका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो । विश्वविद्यालयले सार्वजनिक गरेको विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौं श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, डेन्टल सर्जन ४ जना र बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ ।

त्यस्तै, स्वास्थ्य सेवा सातौँ श्रेणीमा नर्सिङ अधिकृत १० जना, रेडियोग्राफी अधिकृत १ जना, फार्मेसी अधिकृत २ जना, फिजियोथेरापी अधिकृत २ जना र ल्याब टेक्नोलोजिष्ट ३ जना गरी कुल १८ पदमा दरखास्त आह्वान गरिएको छ ।

सहायक पाँचौँ तहमा सबैभन्दा धेरै स्टाफ नर्स ९० जना माग गरिएको छ । यसै तहमा ल्याब टेक्निनि ↑ १० जना, रेडियोग्राफर ६ जना, फिजियोथरापी

सहायक २ जना र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ। यसरी विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म गरी कुल १५१ स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी गरेको छ ।

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्यकर्मी पदपूर्तिसँगै चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको छ । विश्वविद्यालयमा चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा शिक्षण अस्पतालको अवस्थाबारे चिकित्सा शिक्षा आयोगले यसै महिनाभित्र विश्वविद्यालय तथा शिक्षण अस्पतालको अनुगमन गर्ने तयारी गरेको छ । आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन हुने चिकित्सा तथा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमको सिट निर्धारण हुने बताइएको छ ।


२६ भदौ २०८३, शुक्रवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु