कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ३५ जना घाईते

धनगढी : कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ३५ जना घाईते भएको छन । दाङ बाट दिल्ली जादै गरेको ना ७ ख ५६३० नम्बरको बस र ना ३ ख १४२४ नम्बरको रोकि राखेको ट्रक गोदावरी नगरपालिका ४ को खौराना पुल नजिकै ठोक्किदा ३५ जना घाईते भएका हुन ।

घाईते मद्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ ।


१८ माघ २०७६, शनिवार ०६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु