punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको बताए । मध्यराती १२ बजे दुर्घटना भएको उनले बताए।

यता स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिदा चौधरीको मृत्यु भएको बताएका छन्। पुर्बपश्चिम राजमार्गको गुलरा सडक खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर दिएको दावी स्थानीयको छ।

दोषिलाई कारवाहीको माग गर्दै रातीदेखि नै पीडित परिवार र स्थानियले पूर्बपश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुदा अहिले पूर्बबाट पश्चिम र पश्चिमबाट पूर्ब तर्फ जाने दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन्।


१८ माघ २०७६, शनिवार ०४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु