punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गफ चुटेर देश बन्दैन

Chaupati
safha napa

टीएन कुँवर
हामी पछाडि पर्नुको मुख्य कारण हामीले समयलाई नचिनेर नै हो। व्यक्तिगत रुपमा होस वा सार्वजनिक दायित्वको पदमा रही राष्ट्रको अविभारा बोकेको रुपमा किन नहोस, समयको महत्वलाई हामीले पटक्कै बुझेका छैनौं । जुनसुकै काम पनि हामी समयमा गर्दैनौं। सेवाग्राहीलाई उचित समयभित्र सेवा प्रवाह गर्न सक्दैनौ । यो वा त्यो बहानामा काम गर्नबाट पञ्छिने प्रवृत्ति हामीलाई प्रिय लाग्दछ।यथासमयमा आफ्नो दायित्व निर्बाह नगरेपछि विकासको गति अवरुद्द हुन्छ।

मुलुकमा ठूलो जनशक्ति कामबिहीन छ । युवाहरुलाई राज्यले स्वदेशमै आकर्षित गरेर अड्याउन सकेको छैन। काम गर्न सक्ने उमेरका मानिसहरु गाउँका होटलमा गफ चुटेर दिन बिताउँछन् । अधिकांस महिलाहरु एक्लैले घरको काम गर्नु परेको छ। कामको बोझले थिचिएका छन् ।

विदेशमा अति दुःख गरेर भित्र्याएको रेमिट्यान्स दिगो विकासको स्रोत हुँदै होइन। कुनै एउटा नेपालीको घरमा ५ जनाको परिवार छ भने एक जना मात्र कमाइ गर्ने र अरुले उसैमा आश्रित हुनुपर्ने अवस्था छ। कतिको त सबै नै बेरोजगारीको अवस्था छ।सानोतिनो कामलाई हेलत्व गर्ने र त्यस्तो कामै नगर्ने नेपाली संस्कृति बन्दै छ। जब कि विदेशमा जेपनि गरिएकै छ। सबै नागरिक कुनै न कुनै ढंगले उत्पादनशील कार्यमा नलागेसम्म राष्ट्रिय विकासमा उसको योगदान गणना हुँदैन। यस अवस्थाको समुचित समाधान सरकारले दिने योजनामा आउनु पर्छ।

दोस्रो विश्व युद्धबाट तहस नहस भएको जापान लगायतका मुलुकका मानिसहरु सुतेर बसेका भए के आजको जापान देख्न पाइन्थ्यो होला र ? चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, थाइल्याण्डजस्ता मुलुक आज कहाँ पुगिसके ? भियतनामले विकासमा छलाङ्ग मार्दै छ । भारत, भुटान र माल्दिभ्सको विकासको गति पनि तिब्रतर रहेको छ । चरम द्वन्द्वपछि उदाएका क्याम्बोडिया, रुवाण्डा र इथोपियाजस्ता देशले एक डेढ दशककै अवधिमा गरेको विकासको फड्को विश्वलाई आश्चर्यचकित पार्ने खालको छ। अब नेपाल पनि विकासको प्रतिष्पर्धामा अगाडि आउनुको विकल्प के हुन सक्दछ ? खोजिनु पर्दछ।

ती मुलुकहरुको विकासको गति यस प्रकारले तिब्र हुनुमा सरकारको बलियो प्रतिबध्दता मात्र होइन, बलियो कानूनको शासन, दण्डहिनताको अन्त्य, अनुशासित नागरिक समुदाय, जनताको सहभागिता, सरकार सञ्चालक तथा सबै नागरिकको राष्ट्रप्रतिको वफादारिता र काममा लगनशीलता पनि हो। तर हामी हरेक कुराको लागि सरकारलाई मात्र जिम्मेवार ठान्दछौं । अरु त अरु आफ्नो घरभित्रको फोहोर सफा गर्नु पनि आफ्नो दायित्व ठान्दैनौ। आफ्नै घर आँगनामा फोहोर्याएर फोहोर उठाउन आएन भनी सरकारलाई कुरेर गाली गर्दै बस्छौं।

फेरि हाम्रो राज्य प्रणाली पनि नागरिकको दायित्व सम्झाउने खालको कहाँ छ र रु हामी नागरिकहरु आफै अल्छि छौं। आफूले काम नगर्ने अरुले नै गरिदेओस भन्ने ठान्दछौं। कानूनको पालना गर्नमा भन्दा उल्लंघनमा रमाउने खालको हाम्रो प्रवृत्ति छ । अनि कारवाहीमा परिहालेमा भनसुन, पावर, पैसा र राजनीतिको बलमा उन्मुक्ति लिन खोज्ने खालको निर्माण हुँदै गैरहेको छ।

अब हामी सबै नेपालीले अल्छिपन त्यागेर विकासमा सहभागी हुनुपर्ने खाँचो छ भने राज्यले पनि विकासको गतिमा नागरिकहरुलाई सक्रिय सहभागी बनाई एउटा छुट्टै, रचनात्मक र प्रतिबध्द मिसन, भिजन र भ्यालुका साथ अगाडि बढ्न अति नै आवश्यक छ।


८ फागुन २०७६, बिहीवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु