बालेन प्रधानमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)  प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा शाहलाई चयन गर्ने निर्णय गरेको थियो।


१३ चैत २०८२, शुक्रवार १०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु