थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार २ सय ८३ जना संक्रमित काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८ सय ८८, ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । उनीहरुमध्ये ६ सय ४५ जनाको मृत्यु भएको ।
हालसम्म ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ।
२६ असोज २०७७, सोमवार १६:४५ बजे प्रकाशित































