सुन तोलामा आठ सय रुपैयाँ बढ्यो
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ४० रुपैयाँ बढ्दै प्रतितोला १ हजार दुई सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२५ असोज २०७७, आइतवार ११:४२ बजे प्रकाशित































