डा. केसीसँग मध्यरातमा ८ बुँदे सहमति, आज अनसन तोड्दै
अनसनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
२८ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । सरकारले डा. केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा. केसीले आज अनसन तोड्ने बताएका छन् ।
२५ असोज २०७७, आइतवार ०८:४१ बजे प्रकाशित































