सुनको मूल्य घट्यो, कति छ तोलाको ?

सुनको मूल्य आज घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार ९ सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ८० रुपैयाँ पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२२ असोज २०७७, बिहीवार १२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु