punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिम्पियाधुराको क्षेत्रफल समेटिएको पुस्तक परिमार्जन भएन, राखियो गुपचुप

Chaupati
safha napa

सरकारले आवश्यक त्रुटि सच्याएर वितरण गर्ने भनेको पुस्तक लिम्पियाधुराको क्षेत्रफल समेटिएको पुस्तक अझै गुपचुप राखिएको छ ।

‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’ परिमार्जनको काम अगाडि बढाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तकमा संशोधन आवश्यक रहेको भन्दै वितरण नगर्न १ असोजमा निर्देशन दिएका थिए । तर, अहिलेसम्म पुस्तकलाई गुपचुप राखेर सरकारले परिमार्जनमा चासो देखाएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सच्याउनुपर्ने सूची दिने भनेको तर अहिलेसम्म नदिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले बताए । उनका अनुसार, विज्ञहरूको सल्लाह–सुझाव आउने सम्भावनालाई ध्यानमा राखेर पहिलो संस्करणमा पाँच सय प्रतिमात्र छापिएको थियो ।

‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’को प्रकाशक रहेको केन्द्रका अधिकारीहरू नेपालको कुल क्षेत्रफलमा ४६०।२८ वर्गकिलोमिटर थपिने भएपछि आएको भारतीय दबाबले काम गरेको हुनसक्ने अनुमान गर्छन् ।

त्यसो त, शिक्षा मन्त्रालयले जस लिन लाग्यो भनेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र परराष्ट्र मन्त्रालयले नै प्रधानमन्त्रीलाई उक्त किताब वितरण रोक्न दवाव दिएको कुरा पनि बाहिरिएको थियो ।

 


१४ असोज २०७७, बुधवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु