Hotel Flora Long Ad

सुदूरपश्चिममा एकैदिन १८४ जनामा संक्रमण

कैलालीमा मात्रै भेटिए डेढसय बढी संक्रमित

सुदूरपश्चिममा आज एकैदिन १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी कैलालीका छन् । कैलालीमा आज एक सय ५६ जना संक्रमित फेला परेका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६१ जनाको कोरोना परीक्षण भएको थियो । कैलालीमा पुष्टि भएका संक्रमितमध्ये ९० जना धनगढीका मात्रै हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ५ का चार, वडा नम्वर ६ का दुई, वडा नम्वर ७ का चार, वडा नम्वर ८ का सात, वडा नम्वर ११, १२, १३ र १८ का एकरएक जना र वडा नम्वर १९ का दुई जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कैलालीको गोदावरीका १८, भजनीका १६, गौरीगंगाका १४, घोडाघोडीका नौँ, टीकापुरका तीन, लम्कीका दुई र स्थानीय तह नखुलेका चार जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरका २१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

भीमदत्त नगरपालिकाका ११, बेदकोटका चार, पुनरवासका तीन, कृष्णपुरका दुई र शुक्लाफाँटाका एक जनामा संक्रमण पुष्टि भएको छ। बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका एकरएक जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम र बैतडीको पञ्चेश्वरका पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एक जना बर्दियाका हुन् छ ।

१४ असोज २०७७, बुधवार १८:२२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु