अस्पताल भर्ना गरेको केहीबेरमै संक्रमितको मृत्यु, अरु रोग थिएन
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरेको केहीबेरमै कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का वृद्धको बुधबार मध्यान्हमा मृत्यु भएको कोशी अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएका वृद्धलाई बिहान ११ बजे कोशी कोभिड अस्पताल ल्याइएको थियो ।
तत्काल आइसोलेसनमा राखी गरेर उपचार भइरहेको अवस्थामा साँढे १२ बजे उनको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएका वृद्धका यसअघि कुनै दीर्घ रोग नरहेको परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।
१४ असोज २०७७, बुधवार १५:२८ बजे प्रकाशित































