punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस वर्ष मनसुन लम्बिने, कहिलेसम्म रहन्छ ?

Chaupati
safha napa

यस वर्ष मनसुन लम्बिने, कहिलेसम्म रहन्छ ?
यस वर्ष मनसुन असोजको तेस्रो सातासम्म सक्रिय हुने भएको छ।

सामान्यतया मनसुन ७ असोज (२३ सेप्टेम्बर) सम्म सक्रिय हुने गर्छ । पछिल्ला १० वर्षयता सेप्टेम्बर अन्त्य वा अक्टोबर पहिलो सातासम्म नै मनसुन सक्रिय रहँदै आएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले अक्टोबर पहिलो सातासम्म नै मनसुन सक्रिय रहने बताइन्।

मनसुन सक्रिय भएका कारण देशका धेरैजसो भू-भागमा बादल लागेको छ भने केही स्थानमा वर्षा भइरहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार र शनिबार देशभर वर्षा हुने सम्भावना छ। आइतबार र सोमबार मौसम खुले पनि मंगलबारदेखि पुनः वर्षा हुने अनुमान गरिएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, शनिबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनीको सूचना जारी गर्दै प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


२ असोज २०७७, शुक्रवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु