punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ वर्षीया बालिका एक वर्षदेखि बलात्कृत, यसरी खुल्यो रहस्य

Chaupati
safha napa

दाङको बङ्गलाचुली गाउँपालिकामा एक १२ वर्षीया बालिका ‘झट्केलो’ बाबुबाट एक वर्षदेखि बलात्कृत हुँदै आएको घटना सार्वजनिक भएको छ ।

गाउँपालिकाको वडा नम्बर–२ मर्पेसकी बालिका जो निरन्तर ६१ वर्षीय ‘झड्केलो’ बुबाबाट बलात्कृत हुँदै आएकि हुन् । सात वर्षअघि आमाले दोस्रो विवाह गरेपछि छोरी पनि साथमा झड्केलो बाबुको घरमा आएकी थिइन् । गत मंसिरदेखि आफू उनै बाबुबाट निरन्तर बलात्कृत हुँदै आएको उनले बताइन् । ‘आमा जंगलमा घाँस काट्न गएका बेला ढोका थुनेर बलात्कार गरे ।

कतै भनेमा मारेर फालिदिने भनेर डराएपछि उनले कसैलाई भनिन्, बरु धेरै पटक बलात्कारमा परिन् । घरमा कोही नभएको मौका पारी जबर्जस्ती गर्दै आए ।

यसअघि पहिलो श्रीमतीको हत्या गरी १० वर्ष जेल बसिसकेका कारण उनी (बाबु) सँग सबै डराउने गरेको बालिकाकी आमाले बताइन् । ‘गत साउनमा एक दिन जंगलबाट फर्कंदा आफैंले देखेपछि छोरीलाई थप अत्याचार नहोस् भनेर मामाघर पठाएँ ।’ सुरुमा डराएर आफूले पनि कतै भन्न नसकेको उनले बताइन् ।

मामाघरमा गएका बेला बालिकालाई हिँड्नै समस्या भएको देखेपछि हजुरआमाले के भयो भनेर सोधेकी थिइन् । उनले यौनांग दुखेको बताएपछि हजुरआमाले सोधखोज गरिन् । पीडितको जाहेरीपछि प्रहरीले आरोपी बाबुलाई पक्राउ गरेको छ । बालिकालाई उपचार र मनोपरामर्शका लागि एक संस्थाको संरक्षणमा राखिएको छ ।

 


२ असोज २०७७, शुक्रवार १०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु