punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेयमारमाथि प्रतिबन्ध लाग्न सक्ने, यसरी हानेका थिए गोन्जालेजलाई थप्पड

Chaupati
safha napa

फुटबलका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ।

आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो । गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए ।

पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए । उक्त खेलमा नेयमार लगायत पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो ।

गोन्जालेजले आफूमाथि जातिवादी गाली गरेकाले थप्पड हानेको नेयमारले बताका छन् ।
तर गोन्जालेजले नेयमारलाई जातिवादी गाली गरेको कुनै प्रमाण फेला नपरेको बताइएको छ।

फ्रान्सको व्यावसायिक फूटबल नियमन संस्था एलएफपीले घटनाको समीक्षा गरेर नेयमारमाथि कति खेलको प्रतिबन्ध लगाउने भनी निर्णय लिनेछ । उक्त संस्थाको नियमानुसार नेयमारलाई सात खेलको प्रतिबन्ध लाग्न सक्ने समाचारहरुमा जनाइएको छ ।


३० भदौ २०७७, मंगलवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु