punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका पत्रकारले दिए प्रशासन कार्यालय अगाडि धर्ना

Chaupati
safha napa

दिनेश सञ्चार गृहमा प्रवेश गरेर पत्रकारमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कैलालीका पत्रकारले आज पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो। आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ  कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।

सोही अनुसार आज प्रशासनमा एक घण्टा धर्ना दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष जगत साउँदले बताए। उनले घटना भएको चार दिन वित्न लाग्दा पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको बताए । उनले यसले प्रहरी प्रशासनको भूमिकामाथि आशंका गर्ने ठाउँ देखिएको बताए ।

धर्नापछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका महासचिव योगेश रावल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कर्ण शाह, बरिष्ठ पत्रकार घनवहादु्र शाह, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)का उप–महासचिव गोविन्द रोस्यारा, नेपाल राष्ट्रिय दलित पत्रकार संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष रमा भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए ।

 


२९ भदौ २०७७, सोमवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु