punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ४१ प्रहरीमा कोरोना संक्रमण

Chaupati
safha napa

सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३७ जनामा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

संक्रमित सबै गणभित्रै ड्युटीमा खटिएकाहरू रहेका उनले बताए । उनी पछिल्लो केही समययता सार्वजनिक ठाउँमा नखटिएको कार्यालयले जनाएको छ । बुधबार मात्रै गणमा कार्यरत चारजनामा संक्रमण पुष्टि भएको थियो। योसँगै धनगढी गणमा मात्रै ४१ जनामा संक्रमण देखिएको छ। जवानदेखि सइसम्मका प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका सबैलाई धनगढीस्थित नेपाल प्रहरी आवासीय विद्यालयमा बनाएको आइसोलेसनमा राखिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान भइरहेको उनले बताए । सम्पर्कमा आएकाहरूलाई पनि छुट्टै राखिएको छ । संक्रमणको स्रोत भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म नेपाल प्रहरीका ८३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २९ जना संक्रमणमुक्त भएर फर्केका प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिएका छन् । बाँकी विभिन्न ठाउँमा आइसोलेसनमा उपचाररत रहेको उनले बताए ।

सेतीको प्रयोगशालामा पछिल्लो २४ घन्टामा तीन सय १९ जनाको स्वाब परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये कैलालीका ५७ र कञ्चनपुरका दुईजना हुन् ।

 


२५ भदौ २०७७, बिहीवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु