punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो बन्यो नयाँ मापदण्ड

Chaupati
safha napa

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा नयाँ मापदण्ड लागू गरेर खुकुलो पारिएको हो । भोलिदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र स्वास्थ्यका मापदण्ड लागू गरेर सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । सार्वजनिक र नीजि यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने गरि निषेधाज्ञा खुकुलो बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यस्तो छ नयाँ मापण्ड

नयाँ मोडालिटी अनुसार नीजि सवारीलाई जोर विजोर अनुसार चल्न दिने, दैनिक उपभोग्य सामानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा नीजि कार्यालय, उद्योग एवं कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चमा नित्य पूजाबाहेक गतिविधि गर्न, कलकारखाना र व्यवसायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटीपार्लर, स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।


२४ भदौ २०७७, बुधवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु