punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बीपी जयन्तीको अवसरमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मास्क वितरण

Chaupati
safha napa

महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस कैलालीले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई एन नाईनटिन मास्क वितरण गरेको छ ।

कोरोना महामारीको जोखिमका कारण औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले नेपाली कांग्रेस कैलालीले धनगढी उप–महानगरपालिकामा रहेका २ सय १४ जना महिला स्वास्थ्य स्वसं सेविकाहरुलाई मास्क वितरण गरेको पार्टी समापती नरनारायण शाह ‘मनु’ ले बताए । उनले भने, यसले जोखिमका बिच काम गरिरहेका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई थोरै भएपनि राहत पुग्ने छ ।

‘कोरोनाको सबैतिर जोखिम रहेको छ पार्टी सभापती शाहले भने, ‘अप्ठेरोमा परेकाहरुलाई स्वस्थ्यका मापदण्डहरु पूरा गर्दै सहयोग गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दछौं ।’ यसैबीच पार्टी सभापती शाहले बिपी बाबुले प्रजातन्त्र प्राप्तीका लागि खेलेको भूमिका स्मरण गराएका थिए ।

‘बिपीले १९९७ सालको राणाबिरोधी आन्दोलन र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहे पार्टी सभापती शाहले भने, ‘विसं २०१५ सालमा गरिब जनतालाई नै सार्वभौम बनाउने अभियान सहित नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । बिपीको विचारबाट सशंकित भई राजा महेन्द्रले विसं २०१७ सालमा बिपीलाई पदच्युत गराई नेपालमा पञ्चायत बहाली थिए उनले भने, बिपी कोइराला न राजासँग डराए न पञ्चायत तर निरन्तर जनताको पक्षमा वकालत गरिरहे ।’

धनगढी उप–महानगरपालिका नगरसमितिका सभापती तथा नगरप्रमुख नृपबहादुर वडले बिपी स्मृती दिवसको अवसरमा धनगढी उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मास्क वितरण गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीलाई धन्यवाद दिए । बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते (शैल्यकृयाबाट) वनारसमा भएको थियो ।


२४ भदौ २०७७, बुधवार १८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु