punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका दुई शिक्षकमाथि छात्रा बलात्कारको आरोप, यसरी खुल्यो रहस्य

Chaupati
safha napa

बैतडी, भदौ २३
बैतडीमा दुई शिक्षकमाथि छात्रालाई बलात्कार गरेर गरेर गर्भवती बनाएको आरोप लागेको छ ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत १७ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको हो ।

पीडित किशोरी बलात्कार भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।

ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए ।

किशोरीलाई ललाम इफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारबाही हुने उल्लेख छ ।

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन ।

 


२३ भदौ २०७७, मंगलवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु