punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण

Chaupati
safha napa

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन्। यसअघि शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

 


२२ भदौ २०७७, सोमवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु