‘कोरोना भाइरस नक्कली’, इटालीमा प्रदर्शन
इटलीमा कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको आदेशविरुद्ध जनाता सडकमा उत्रेका छन् ।
राजधानी रोममा आइतबार हज्जारौं संख्यामा मानिसहरु एकजुट भएर प्रदर्शन गरे । मानिसहरुले कोरोना महामारीलाई नक्कली भएकोसमेत बताए ।
उनीहरूले फेस मास्क र सामाजिक दुरी अनिवार्य गर्ने सरकारको आदेशको विरोध गरे । यसले पहिले नै बिरामी भएका मानिसहरुलाई असर गर्ने बताउँदै सरकारले सामाजिक दुरी र फेस मास्कलाई अनिवार्य गर्ने आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग थियो । एजेन्सी
२२ भदौ २०७७, सोमवार ०९:१८ बजे प्रकाशित































