आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घटेको छ भने चाँदीको घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार एक सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय २० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२१ भदौ २०७७, आइतवार १२:१२ बजे प्रकाशित































