punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिउटीमा ढले प्रहरी जवान, उपचारका क्रममा मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा डिउटीमै रहेका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । ढलेर बेहोस भएका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गण बङ्कमा कार्यरत उनी राति १२ बजे पछि डिउटीमा खटिएका थिए । ५ नम्बर पोस्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनकाअनुसार उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

ढलेर बेहोस भएका ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा ५ः५० मा उनको मृत्यु भएको थापाले बताए ।


२० भदौ २०७७, शनिवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु