कोरोना महामारीमा झन बढ्यो धनीको सम्पत्ति, मुकेश अम्बानी विश्वका शीर्ष ५ मा
कोरोना महामारीकाबीच धनी व्यक्तिको सम्पती झन बढेक्क छ । कोरोनाले जीडीपीमा भारी गिरावट आएसँगै लाखौंले रोजगारी गुमाउनु परेपनि धनी व्यक्तिको सम्पती भने बढेको छ । यही बेला विश्वका पाँच सय शिर्ष धनीहरुको सम्पत्ति जनवरीदेखि अहिलेसम्म १४ प्रतिशतले बृद्धि भएको छ ।
यो वर्ष विश्वभर ५०० सबैभन्दा धनि व्यक्तिहरुको सम्पत्ति ८०९ अर्ब डलरले बढेको छ । अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति ८७।१ अर्ब डलरले बढेको छ । जबकी एलन मस्कको ७३।६ अर्ब डलरले बढेको छ । योसँगै विश्वका सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ ।
टेस्ला इन्कको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एकसय एक अर्ब डलर भएको छ । त्यसैगरी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्टको सुरुमा एकसय बिलियन डलरको क्लबमा सामेल भएका थिए । बुधबार उनको सम्पत्ति ८।५ अर्ब डलरले बढेको छ ।
भारतका मुकेश अम्बानी विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल भएका छन् । मुकेश अम्बानी यो महिना विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल हुन सफल पहिलो एशियाली भएका छन् । यो वर्ष उनको सम्पत्ति २२।५ अर्ब डलर (१६७१।६७ अरब भारतिय)रुपैयाँले बढेको छ ।
सम्पत्ति बृद्धि हुनुमा अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजको टेक कारोबारमा फेसबुक र सिल्भर लेक जस्ता कम्पनीले गरेको लगानी हो ।
११ भदौ २०७७, बिहीवार २०:४९ बजे प्रकाशित































