फेरि बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा आठ रुपैयाँ बढेर ९७ हजार ६ सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।
चाँदी हिजो प्रतियोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
११ भदौ २०७७, बिहीवार ११:३३ बजे प्रकाशित































