कैलालीमा एकैदिन ७६ जनामा कोरोना संक्रमण
कैलालीमा आज एकैदिन ७६ जनामा संक्रमण देखिएको छ । कैलालीसहित सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गैरहेको छ । आज मात्रै कैलालीका ७६ सहित सुदूरपश्चिम प्रदेशमा थप एक सय १४ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुईरदुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
अछामको मंगलसेनका १४ जना, साँफेवगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ। डोटीको आदर्श गाउँपालिकाका चचार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एकरएक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय १० पुगेको छ।
८ भदौ २०७७, सोमवार १९:२० बजे प्रकाशित































