punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ६० वर्षीया महिला र वडा नम्बर १४ की २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। ती दुवै सेती अस्पतालका सरसफाई कर्मचारी हुन्।

दुई महिला कर्मचारीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिलाई समेत आइसोलेसनमा राखेर कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ। यसअघि पनि अस्पतालमै कार्यरत सफाई कर्मचारी महिलामै कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी तथा अस्पतालकै कर्मचारी बढी जोखिममा देखिएका छन् । शनिबार मात्रै अछामस्थित बयालपाटा अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।


७ भदौ २०७७, आइतवार १९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु