बालाजु र माछापोखरी क्षेत्रमा चल्यो डोजर

काठमाडौं। माछापोखरी र बालाजु क्षेत्रको सुकुम्बासी क्षेत्रमा शनिबार डोजर चलाइएको छ।

विष्णुमति नदी किनारका सुकुम्बासी र अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको हो।

सरकारले दोस्रो चरणमा शुक्रबारदेखि काठमाडौंको नदी उकास क्षेत्रमा बनेका र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ।

शुक्रबार बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका स्थानमा डोजर चलाएको थियो।

अघिल्लो शुक्रबार थापाथली, सिनामंगल र मनोहरामा डोजर चलाएको थियो।


१९ वैशाख २०८३, शनिवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु