डडेल्धुरा प्रयोगशालमा थप ४७ जनामा कोरोना संक्रमण
धनगढी, भदौ ४ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको तीन सय ७० जनाको परीक्षण ४७ जनामा संक्रमण पुष्टि भएको हो।
परीक्षणमा अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना गरी ३० जना, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले जानकारी दिए ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ३३ पुगेको छ। सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमण पुष्टि भएकाम्रध्ये चार हजार तीन सय बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म १२ जनाको मृत्यु भएको तथ्यांक छ।
४ भदौ २०७७, बिहीवार ०९:३१ बजे प्रकाशित































