punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अटो रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढी स्थित मिलन चोकमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् ।

बुधवार भएको दुर्घटनामा अटो चालक धनगढी – १ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी – १७ का २९ वर्षीय रवीन्द्र साउद र मोटरसाइकलको पछाडि सवार डोटीको बडिकेदार – २ का २८ वर्षीय पदम बहादुर साउद घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा दुर्घटनामा घाइते भएका तीनै जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।


१३ फागुन २०८२, बुधवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु