punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस कारण फैलियो प्रहरीभित्र कोरोना

Chaupati
safha napa

विराटनगर, भदौ १ । नेपाल प्रहरी भित्र कोरोना फैलिनुमा प्रमुख कारण स्थानान्तरण भएको मानिएको छ । प्रदेश १ मा परीक्षण बिनानै लापरबाहीपूर्ण ढंगले प्रहरी कर्मचारीलाई सरुवा गरिँदा नेपाल प्रहरीभित्र कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो।

संक्रमणले महामारीको रुपमा लिइरहेका बेला कार्यरत रहेको स्थानबाट सरुवा र स्थानान्तरण गरेर विभिन्न ठाउँमा पुर्‍याइएका प्रहरीमा कोरोना देखिन थालेको हो।

खोटाङमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरबाट पठाइएका ६ जना पुरुष प्रहरी जवानमा शनिबार कोरोना संक्रमण पुष्टि भयो। त्यस्तै ओखलढुंगामा पनि विराटनगरबाटै पठाइएका एक जवानमा आइतबार संक्रमण देखियो। अरु जिल्लामा पनि विराटनगर लगायत अन्यत्रबाट पठाइएका प्रहरीमा कोरोना देखिन थालेको छ।

गणमा अहिले सात जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। संक्रमण देखिइरहेको कार्यालयबाट पठाउँदा खोटाङ र ओखलढुंगामा पुर्‍याइएका प्रहरीमा कोरोना देखिएपछि मनलाग्दी हिसाबमा स्थानान्तरण गरिएको भनेर प्रहरी नेतृत्वको आलोचना हुन थालेको छ।

संक्रमण पुष्टि भएको कार्यालयलाई सिल गर्दै त्यहाँ कार्यरतलाई तत्कालका लागि अरुसँगको सम्पर्कबाट टाढै राख्नु पर्ने तथा अन्यत्र पठाउन नमिल्ने भए पनि स्थानान्तरण गरेर अरु जिल्लामा पठाइएको हो।

स्थानान्तरण गर्न खोजिएकाहरुको स्वाबको परीक्षण गरेर कोरोना भए÷नभएको यकिन गर्नु पर्नेमा बिना परीक्षण संक्रमण फैलिइरहेको कार्यालयबाट सरुवा गरेर प्रहरीलाई अन्यत्र लगिएको छ।

जसका कारण संक्रमण नभएका प्रहरी कार्यालयहरुमा पनि कोरोना भित्रिएको आशंका गरिएको छ। खोटाङ र ओखलढुंगामा संक्रमण देखिएका प्रहरी साउन २३ गते विराटनगरबाट गाडीमा राखेर लगिएका हुन्।


१ भदौ २०७७, सोमवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु